दाङको राप्तीमा २५ वर्षपछि चोरी मुद्दाका फरार परियार पक्राउ



दाङको राप्तीमा २५ वर्षपछि चोरी मुद्दाका फरार परियार पक्राउ

भालुवाङ २८ वैशाख । चोरी कसुर मुद्दामा फरार रहेका दाङको राप्ती गाउँपालिकाका एक प्रतिवादीलाई इलाका प्रहरी कार्यालय भालुवाङले २५ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङकाे राप्ती गाउँपालिका–७ निवासी वर्ष ५० का कासिराम परियार रहेका छन् । २०५८ साल जेठ ६ गते राति करिब ३ बजेको समयमा तत्कालीन सिसहनियाँ गाविस–८ स्थित गोठमा बाँधेर राखिएका बाख्रा तथा खसी चोरी भएको घटनामा संलग्न रहेको आरोपमा फरार रहेका परियारलाई प्रहरीले पक्राउ गरेको हो । दिनेश कुमार चौधरीले दिएको जाहेरी दरखास्त अनुसार दानबहादुर चौधरी, काशिराम परियार, गोविन्द परियार र राम परियार समेतले बाख्रा तथा खसी चोरी गरी कपिलवस्तुको चन्द्रौटातर्फ लगेको उल्लेख गरिएको थियो । घटनापछि खोजतलासका क्रममा अन्य व्यक्ति फरार भएका थिए ।

उक्त मुद्दामा सम्मानित दाङ जिल्ला अदालतले २०६० साल जेठ २२ गते फैसला आदेश गरेको थियो । सोही आदेश अनुसार फरार रहेका प्रतिवादी काशिराम परियारलाई प्रहरीले साेमवार पक्राउ गरी दाङ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशपछि उनलाई घोराही कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे