दाङकाे भालुवाङबाट ११४ क्यारेट अवैध भारतीय केरा बरामद
भालुवाङ २८ वैशाख । इलाका प्रहरी कार्यालय भालुवाङले बिल बिजक बिना ल्याइएको भारतीय केरा बरामद गरेको छ।
वैशाख २८ गते राति अन्दाजी १ बजेको समयमा राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक स्थित पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा उक्त केरा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालक सुनिल मुसहरले चलाएको लु. ३ च. ३८५० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा बिल बिजक बिना ल्याइएको ११४ क्यारेट भारतीय केरा फेला परेको हो। बरामद गरिएको केरा, पिकअप गाडी तथा चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्

