सङ्घीय संसद्को अधिवेशन आउँदो सोमवार देखि आह्वान गर्ने सरकारको निर्णय
काठमाण्डौ २२ वैशाख । सरकारले आउँदो वैशाख २८ गते सोमवारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते अधिवेशन आह्वान गर्नेगरी राष्ट्रपति समक्ष सिफारस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
यस अघि वैशाख १७ गते अधिवेशन बोलाउने सिफारिस गरिएको थियो । राष्ट्रपतिबाट अधिवेशन आह्वान भइसकेको भए पनि सरकारले पुनः स्थगित गरी वैशाख २८ गते बोलाउने निर्णय गरेको हो । यो अवधिमा सरकारले ८ वटा अध्यादेश ल्याएको छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै सरकारले नयाँ मितिमा संसद् अधिवेशन आह्वान गर्ने निर्णय लिएको हो । नियमित प्रक्रियाअनुसार राष्ट्रपतिले सरकारको सिफारिसमा संसदको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस्

