संजीवनी टिचिङ हस्पिटल दाङले विशिष्टीकृत सेवा सुरु गर्दै
देउखुरी ३ वैशाख । दाङमा सञ्चालित सञ्जीवनी टिचिङ हस्पिटलले सेवा विस्तारलाई तीव्रता दिएको छ। गत २०८२ साल माघ २८ गतेबाट आफ्नो सेवा प्रारम्भ भएको संजीवनी टिचिङ हस्पिटलले आफ्ना सेवाहरु थप विस्तार गर्न लागेको हाे ।
बिहिवार दाङको लमहीमा पत्रकार भेटघाट कार्यक्रममा हस्पिटलले दिने सेवाका विषयमा जानकारी दिदै प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले हाल विशेषज्ञ सेवाहरु संचालन भइरहेकोमा आगामी एक महिना भित्र विशिष्टीकृत (सुपरस्पेशियालीटि) सेवा अन्तर्गत न्युरोलोजी, कार्डियोलोजी तथा युरोलोजिका सेवाहरु संचालनमा ल्याउने बताएका छन् । अहिले यी सेवाहरु लिन साविक राप्ती र आसपासका बिरामीहरु बाँके र रुपन्देही पुग्नु परेको छ । अस्पतालले जर्मनीको सिमेन्स कम्पनीको १.५ टेस्ला क्षमताको नेपालमै पहिलो हिलिएम फ्री अत्याधुनीक स्क्यान क्षमता भएको एमआरआइ मेशिनबाट सेवा दिइरहेको उनले बताए । प्रमुख कार्यकारी अधिकृत रोकाका अनुसार अस्पतालमा सोही कम्पनीको १९२ स्लाइस क्षमता भएको सिटी स्क्यान मेशिनबाट पनि सेवा दिइरहेको छ ।
कुल चार अर्व लगानीमा निर्माण सम्पन्न भएको यस अस्पतालमा हाल ३०० शैया संचालनमा छन् । जस अन्तर्गत ओपिडिमा जनरल फिजिसियन, हाडजोर्नी तथा नशा, स्त्री तथा प्रसुती, जनरल सर्जरी, मानसिक तथा नसारोग, छाला तथा यौन, शिशु तथा वालरोग, मुटुरोग, ग्यास्ट्रोलोजी, इएनटि, दन्त चिकित्सा, नेत्ररोग, ऐनेस्थेसियोलोजी, प्याथोलोजी, रेडियोलोजि एण्ड इमेजिङ तथा फिजियोथेरापी विशेषज्ञ सेवा उपलब्ध छन् । यसैगरी क्रिटिकल केयरमा आइसियु, सिसियु, एमआइसियु, एनआइसियु, पिआइसियु, एसआइसियु, एचडियु र हेमोडायलासिस सेवा रहेका छन् । रेडियोग्राफी तर्फ डिजिटल एक्स रे, भिडियो एक्स रे, म्यामोग्राफी, इसिजि, इको, सिटि स्क्यान, एम.आर.आइ., इन्टर्भेन्सनल इन्डोस्कपी, क्लोनस्कपी सेवा रहेका छन् ।
भर्ना हुनुपर्ने विरामीको लागि जनरल वार्ड तथा क्यावीनको व्यावस्था छ । अन्य सेवामा क्याथ ल्याव, पिएफटी, इएमजि, इइजि, व्लड बैंक र एम्बुलेन्स सेवा उपलब्ध छन् । चौविसै घण्टा इमेरजेन्सी, फार्मेसी, ल्याव र सिट स्क्यान सेवा उपलब्ध छन् । सर्जरी तर्फ मोडुलर ओटीमा सामान्य तथा मेजर सर्जरीहरु भइरहेका छन् । शैक्षिक कार्यक्रम तर्फ आगामी वर्षबाट नर्सिङ तथा पारामेडिक्स विषयहरु अध्यापन गराइने छ । आगामी तीन वर्ष भित्र एमविविएस तथा विडिएसका कक्षाहरु संचालनमा आउने भएका छन् ।
तीन वर्ष पछि अस्पतालको शैया संख्या ५०० पुर्याउने तथा एमविविएस र विडिएस लगाएका शैक्षिक कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ । हालको भवन संरचना नै पाचसँग शैयासम्म संचालनका ल्याउन प्रयाप्त रहेको छ । हाल यस अस्पतालका करीब ३५० जना कर्मचारीहरुले रोजगारी प्राप्त गरेका छन् । निजी क्षेत्रको लगानीमा स्थापना भएको यस अस्पतालले जनस्वास्थ्य सेवा ऐन २०७५, जनस्वास्थ्य सेवा नियमावली २०७७, स्वास्थ्य सस्था सञ्चालन मापदण्ड २०७७ तथा अन्य मौजुदा कानुनको अधिनमा रही आफ्नो सेवा प्रवाह गर्ने प्रतिवद्यता सस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले जानकारी दिएका छन् ।

