दाङको देउखुरीमा निशुल्क क्षारे रोग (मृर्गी) शिविर सञ्चालन हुने



दाङको देउखुरीमा निशुल्क क्षारे रोग (मृर्गी) शिविर सञ्चालन हुने

देउखुरी २६ चैत । श्री सर्वेश्वरी समूहको आयोजनामा दाङको देउखुरीमा निशुल्क क्षारे रोग (मृर्गी) सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

आयोजकका अनुसार चैत २८ गते शनिबार बिहान बिरामी आइपुग्नुपर्ने र २९ गते आइतबार सूर्योदय हुनुभन्दा पहिले नै औषधी सेवन गर्नुपर्ने व्यवस्था गरिएको छ। शिविर लमही नगरपालिका–४, बड्का घुम्ना स्थित जनज्योति आधारभूत विद्यालय परिसरमा सञ्चालन हुने छ। शिविरमा मृर्गी रोगको निशुल्क जाँच तथा उपचार सेवा प्रदान गरिने आयोजकले जनाएको छ।

स्वास्थ्य सेवाबाट बञ्चित स्थानीय बासिन्दालाई लक्षित गर्दै आयोजना गरिएको उक्त शिविरले ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ। शिविरका विषयमा जानकारी लिनका लागि सोमप्रसाद चौधरी, बसन्ती चौधरी तथा जयराम चौधरीसँग सम्पर्क गर्न सकिने आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे