होटल पौवाको १० औँ वार्षिक उत्सवको अवसरमा भालुवाङ शाखामा पनि स्वाद उत्सव कार्यक्रम शुरू



होटल पौवाको १० औँ वार्षिक उत्सवको अवसरमा भालुवाङ शाखामा पनि स्वाद उत्सव कार्यक्रम शुरू

देउखुरी २६ चैत । होटल पौवाको १० औँ वार्षिक उत्सवको अवसरमा दाङको भालुवाङ शाखा सहित देशभरका शाखाहरूमा आज देखि एक साथ स्वाद उत्सव कार्यक्रमको उद्घाटन गरिएको छ । स्थापना भएको १० बर्ष पूरा भएको भन्दै होटल पौवाले सबै शाखाहरूमा तीन दिन सम्म स्वाद उत्सव कार्यक्रम शुरू गरेको हो ।

यसैबीच होटल पौवा भालुवाङमा पनि आज बिहिबार एक कार्यक्रमका बीच स्वाद उत्सवको उद्घाटन गरिएको छ । होटल पौवाका प्रबन्ध निर्देशक बिष्णुप्रसाद ज्ञवाली अध्यक्षताको कार्यक्रमको उद्घाटन गर्दै राप्ती उद्योग बाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्काले होटेल पौवा कै प्रदेश राजधानीको आवश्यकता पूर्ति गरेको बताए । उनले पौवाको आतिथी अतिथी सत्कार गर्ने तरिका निकै मनमोहक भएको बताए । उनले पौवाको यो स्टान्डरलाई कायम राख्दै ग्राहकको आवश्यकता र चाहना अनुसार थप सेवा बिस्तार गर्न आग्रह समेत गरे ।

यस्तै कार्यक्रममा बोल्दै होटल पौवाका प्रबन्ध निर्देशक बिष्णुप्रसाद ज्ञवालीले अबको दश बर्षमा देशभर एक वटा शाखा बिस्तार गर्ने लक्ष्य रहेको बताए । उनले १० बर्ष सम्म होटल पौवाले बालापन बिताएको बताउँदै अब बस्यक भईसकेको बताए । उनले होटल पौवाको आतिथ्यता र परिकारमा शुद्ध नेपालीपन रहेको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर हेड क्वाटर ज्वालामाई गणका एसपी यदुकुमार कार्की, राप्ती उद्योग बाणिज्य संघ भालुवाङका महासचिव बासुदेव न्यौपाने, भालुवाङ होटेल व्यवसाय समितीका प्रेम खत्री र राप्ती प्रेस मञ्चका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता लगायत अन्य सञ्चारकर्मी तथा सामाजिक अगुवाहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा होटल पौवा भालुवाङमा कार्यरत सुमित्रा कुमाल उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित समेत भएकी छिन् । उनलाई खाँदा, माला, टीका, सम्मान–पत्र र नगद सहित सम्मान गरिएको छ । स्वाद उत्सव कार्यक्रम २७ र २८ गते सम्म चल्ने छ । स्वाद उत्सव कार्यक्रम दुई दिन सम्म बिहान ११ बजेदेखि ५ बजे सम्म चल्ने बताईएको छ । कार्यक्रमको सञ्चालन होटेल पौकाका सिओओ कृष्ण गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे