लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा धुम्बराहीबाट पक्राउ
काठमाडौँ १६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले रेखा शर्मालाई केहीबेर अघि धुम्बराहीबाट नियन्त्रणमा लिएको हो। पक्राउ पश्चात उनलाई आवश्यक अनुसन्धानका लागि न्यायिक प्रक्रिया अगाडि बढाइँदैछ।
पक्राउको कारणबारे प्रहरीले अहिलेसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन। उनी नेकपा एमालेबाट समानुपातिक लुम्बिनी प्रदेश सभा सदस्य हुन ।
प्रतिक्रिया दिनुहोस्

