प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ
काठमाण्डाै १२ चैत । गएकाे फागुन २१ गते भएकाे प्रतिनिधिसभा चुनावबाट निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सिंहदरबारमा रहेकाे निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा आज दिउँसो सांसदहरूलाई सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथ गराएका हुन् हिजाे राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएका ज्येष्ठ सदस्य केसीले अन्य २७४ सदस्यलाई शपथ गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्
