देउखुरीको मसुरीयामा कुलामा डुबेर एक जनाको मृत्यु
भालुवाङ १० चैत । दाङको देउखुरीमा एक पुरूषको कुलामा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ दक्षिण मसुरिया निवासी ५० वर्षिय राजु चाैधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
गएराति घरमा कसैलाई नभनि निस्केका चाैधरी करिव २/३ सय मिटरको दुरिमा रहेको माैरीघाट कुलोमा डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । स्थानीयले विहान ६ बजे प्रहरीलाई खवर गरेपछि प्रहरी घटना स्थलमा पुगेको थियो । मृतक चाैधरी नियमित मादकपदार्थ सेवन गर्दै आइरहेका थिए । सो दिन पनि मदिरा सेवन गरेका कारण कुलामा खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ ।
मृतक चाैधरीको शवलाई पोष्ट मार्टमका लागि लमही अस्पतालको शव गृहमा राखिएको छ भने घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
