गढवा–५ बाकी चोकमा ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु
देउखुरी ३ चैत । दाङको देउखुरीमा ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु भएको छ ।
मंगलवार राती पौने ८ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ गइरहेको रा १ त ३४२९ नम्बरको ट्याक्टरको ट्रली पछाडी सोही दिशा तर्फ गइरहेको रा ६ प १७६९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक गढवा गाउँपालिका,–५ बाकी निवासी ३६ वर्षिय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका रिजालको लमही अस्पतालमा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव लमही अस्पतालमा राखिएको छ । दुर्घटनापछि इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबल बहादुर बमको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । हाल ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
