दाङ-२ मा एमालेका महासचिव शंकर पोख्रेललाई भारी मतले हराउँदै रास्वपाका आचार्य विजयी
दाङ २३ फागुन । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका महासचिव शंकर पाेखरेललाई भारी मतले हराउँदै रास्वपाका सह-महामन्त्री विपिन कुमार आचार्य विजय भएका छन् ।
आचार्यले ४३ हजार ५ सय ५० मत सहित विजय भएका छन् । २८ हजार २ सय ७५ मतान्तरले आचार्य विजय भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी शंकर पोखरेलले १५ हजार २ सय ८२ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका किरण किशोर घिमिरेले ११ हजार ५ सय ९ मत र नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८० मत मात्र प्राप्त गरेका छन् । पोखरेल यस सँगै २ पटक पराजित भए ।
यस अघि पोखरेल रेखा शर्मा सँग झिनो मतले पराजय भएका थिए । विजयको घाेषणा भने हुन बाँकी छ । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा कुल १ लाख ४० हजार ९ सय ६५ मतदाता मध्ये कुल ८२ हजार ६ सय २६ मत खसेको थियोे ।
प्रतिक्रिया दिनुहोस्

