झापा-५ मा ओली भन्दा बालेन १३ हजार ७ मतले अघि
झापा २२ फागुन । झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार, रास्वपाका उम्मेदवार शाहले १६ हजार ९८० मत प्राप्त गरेका छन् ।
दोस्रोमा नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ३९७३ मत प्राप्त गरेका छन् । ओली भन्दा बालेन १३ हजार ७ मतले अघि छन् ।तेस्रो स्थानमा रहेको श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले १८२९ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
