दाङ-२ मा शंकर पोखरेल भन्दा दोब्बर मतले विपिन आचार्य अगाडि



दाङ-२ मा शंकर पोखरेल भन्दा दोब्बर मतले विपिन आचार्य अगाडि

दाङ २२ फागुन । दाङ क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार विपिनकुमार आचार्यले मतान्तर बढाउँदै लगेका छन् । २२ हजार ४ सय २० मत गणना हुँदा विपिनकुमार आचार्यले १० हजार १ सय ७ मतले प्राप्त गरेका छन् ।

उनी एमालेका शंकर पोखरेल भन्दा दोब्बर मतले अगाडि छन् । शंकरले ४ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् । विपिनले आफ्नो सुरुवाती अग्रतालाई कायम राख्दै मत अन्तार पनि बढाउँदै लगेका छन् । त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेले ३ हजार ३ सय ७० र नेकपाका उम्मेदवार निर्मल आचार्यले २ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् । दाङ २ मा कुल ८२ हजार ६ सय मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे