रुकुम पूर्वबाट प्रचण्ड १० हजार २ सय ४० मत सहित विजयी
काठमाण्डाै २२ फागुन । प्रतिनिधिसभा सदस्य चुनावमा रुकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।
आज सम्पन्न भएकाे मतगणनामा प्रचण्ड ६ हजार ७७८ मतान्तरले विजयी भए । प्रचण्डले १० हजार २४० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का लीलामणि गौतमले ३ हजार ४६२ मत, नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ३ हजार ८१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । रुकुम पूर्वमा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १८८ मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्
