काठमाण्डाै–३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी, कुलमान घिसिङ पराजित
काठमाण्डाै २२ फागुन । प्रतिनिधिसभा सदस्य चुनावमा काठमाण्डाै निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन् ।
निर्वाचन आयाेगका अनुसार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी उज्यालाे पार्टी नेपालका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार, नेकपा एमालेका रामेश्वर फुयालले ३ हजार ८१६ मत प्राप्त गरेका छन् । याे सँगै रास्वपाले अहिलेसम्म ४ सिट जितेकाे छ । यसअघि रास्वपाले काठमाण्डाै–१, काठमाण्डाै–६ र काठमाण्डाै–८ मा जितेकाे थियाे ।
प्रतिक्रिया दिनुहोस्
