दाङ-१ मा कांग्रेसका योगेन्द्र भन्दा देवराज पाठक १० हजार बढी मतले अगाडि
देउखुरी २२ फागुन । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ९ हजार बढी मतान्तरले अगाडि रहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार पाठकले १५ हजार ४ सय ४६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ४ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् । पाठक र चौधरी बीच हाल १० हजार ४ सय ५२ मतको फराकिलो अन्तर रहेको छ। नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले १ हजार ९ सय मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले १ हजार ६ सय १५ मत प्राप्त गरेका छन् । मतगणनाको हाल सम्मको विवरण अनुसार २६ हजार ७ सय ३४ मत गन्दा १ हजार १ सय ७९ मत बदर भएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
