दाङ- १ मा रास्वपाका देवराज पाठक ६ हजार बढी मतले अगाडि
देउखुरी २२ फागुन । दाङ निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ६ हजार बढी मतान्तरले अगाडि रहेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार पाठकले ८ हजार ९ सय ३३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले २ हजार ६ सय ४० मत प्राप्त गरेका छन् । पाठक र चौधरी बीच हाल ६ हजार २ सय ९३ मतको फराकिलो अन्तर रहेको छ।
नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ९ सय २६ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका मेटमणि चौधरीले ९ सय ९२ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारहरुले भने सय भन्दा बढी मत प्राप्त गरेका छन्। मतगणनाको हाल सम्मको विवरण अनुसार १४ हजार ८ सय ७१ मत गन्दा ६ सय १९ मत बदर भएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
