दाङ–१ को मतगणना लमही नगरपालिकाको सभाहलमा गरिने
दाङ २१ फागुन । दाङ क्षेत्र नं. १ को मतगणना लमही नगरपालिकाको सभाहलमा हुनेछ। तारजाली र सिसिटिभीको सुरक्षा घेराभित्र मतगणना गरिनेछ।
अहिले देउखुरीका चारवटा स्थानीय तह र घोराही उपमहानगरपालिकाभित्र पर्ने वडा नं. १, २, ३ र ५ वडाका मतपेटिका नगरपालिकाको कार्यालयमा ल्याउने काम चलिरहेको छ। मतपेटीका आज बेलुका १० बजेसम्म ल्याउने गरी निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ। मतपेटिका सबै आइसकेपछि राजनीतिक दलहरुसँग सर्वदलीय बैठक सम्पन्न गरेर मतगणना बल्ल सुरु हुनेछ। यसका लागि दलहरुले निर्णय दिएको खण्डमा आज मध्यरातबाट गणना अघि बढ्ने छ। दलहरुले बिहानबाट सुरु गर्ने भन्ने सहमति गरे फागुन २२ गतेबाट मतगणना हुने सहायक निर्वाचन अधिकृत लक्षमण भण्डारीले जानकारी दिए
प्रतिक्रिया दिनुहोस्
