दाङ क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका नेताहरु पार्टी छोड्दै : श्यामेश र ज्ञानु कांग्रेसमा प्रवेश
दाङ १८ फागुन । दाङ क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका नेताहरु ध्माधम पार्टी छा्डदै अन्य पार्टीमा प्रवेश गर्ने क्रम चलिरहेको छ ।
नेपाली कम्यूनिष्ट पार्टी लुम्बिनी प्रदेश कमिटिका सदस्य श्यामेस चौधरी र ज्ञानु केसी आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दाङ क्षेत्र नं. १ का उम्मेदवार योगेन्द्र चौधरीको चुनावी सभामा चौधरी र केसी कांग्रेसमा प्रवेश गरेका हुन । पार्टी प्रवेशले चुनावकै मुखमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मेटमणी चौधरीलाई ठुलो घाटा हुने देखिन्छ । पार्टी भित्रको बढ्दो असन्तुष्टिका कारण कतै सामुहिक राजिनामा त कतै अन्य पार्टीमा प्रवेशले मेटमणी चौधरी समस्यामा पर्ने देखिन्छन् ।
कांग्रेस प्रवेश गरेका श्यामेश चौधरी भन्छन्, ‘समाजमा तीन वर्ग हुन्छन् ।
यि तिनै वर्गको उत्थानको नीति कांग्रेसले बोकेका कारण म कांग्रेसमा प्रवेश गरेकोे, ‘अवको मेरो राजनीतिक जीवन कांग्रेसपाटीबाट अघि बढ्नेछ ।’ चौधरी स्वतन्त्र उम्मेदवार तथा पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीको पक्षमा खुलेका थिए । अन्तिममा आएर चौधरीले कांग्रेसलाई रोजेका हुन । नेपाली कांग्रेसले सोमवार देउखुरीमा बृहत शक्ति प्रदर्शन गरेको थियो । सैयौं कार्यकर्ताको सहभागीतामा शक्ति प्रदर्शन गरिएको हो ।
