नेपाली कम्युनिष्ट पार्टीका युवा नेता भिम वलीले नै कांग्रेसकाे पक्षमा मतदान गर्न अपिल गरे
देउखुरी १८ फागुन । नेपाली कम्युनिष्ट पार्टीका जिल्ला कमिटि सदस्य तथा राजपुर गाउँपालिकाका तत्कालीन माओवादीका युवा नेता भीम ओलीले नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का उम्मेदवार योगेन्द्र चौधरीको पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।
आज उनले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै देशकै पुरानो र ठुलो पार्टी तथा लोकतान्त्रिक पक्षधर शक्ति नेपाली कांग्रेस भएकाले आफूले कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीको पक्षमा मत माग्ने निर्णय गरेको बताएका हुन । उनले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र सुदृढ गर्न जिम्मेवार र अनुभवी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै दाङ–१ का मतदातालाई कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । आजै तत्कालीन माओवादी राप्तीका नेता श्यामेस चौधरी र ज्ञानु केसी नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् । पछिल्लो समय दाङ क्षेत्र नम्बर १ मा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा आवद्ध हुने क्रम बढ्दै गएको छ ।


