त्रिशूलीमा बस खस्यो : मृत्यु हुनेको संख्या १८ पुग्यो



त्रिशूलीमा बस खस्यो : मृत्यु हुनेको संख्या १८ पुग्यो

काठमाडौँ ११ फागुन । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुबस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ।

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधारामा सोमबार बिहान करिब सवा १ बजे ग २ ख १४२१ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो। बस सडकबाट तल खस्दै त्रिशूली नदीमा पुगेको प्रहरीले जनाएको छ।

जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ भने घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारका लागि काठमाडौं र स्थानीय अस्पतालमा पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे