‘रोटरी हाजिर जवाफ प्रतियोगिता’ मा गोरखा आइडियल स्कुल प्रथम



‘रोटरी हाजिर जवाफ प्रतियोगिता’ मा गोरखा आइडियल स्कुल प्रथम

देउखुरी १० फागुन । रोटरी क्लब अफ अफ राप्तीको आयोजनामा सम्पन्न रोटरी हाजिर जवाफ प्रतियोगितामा गोरखा आइडियल स्कुल लालमटिया प्रथम भएको छ ।

रोटरी क्लव अफ राप्तीले वार्षिक कार्ययोजना अनुसार रोटरी डे को अवसर पारेर राप्ती गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरु विच आइतवार रनिङ सिल्ड हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको थियो । राप्ती गाउँपालिका भित्र रहेका ११ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिता गोरखा आइडियल स्कुल लालमटियाले प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यसैगरी पब्लिक एजुकेशन एकेडेमी दोस्रो र लिटिल एञ्जल स्कुल राप्तीले तेस्रो स्थान हात पर्न सफल भयो । गोरखा आइडियल स्कुल लालमटिया ५ हजार सहित रनिङ सिल्ड प्राप्त गर्यो भने पब्लिक एजुकेशन एकेडेमीे र लिटिल एञ्जल स्कुल राप्तीले क्रमस ३ हजार, २ हजार र सम्पूर्ण सहभागीहरुले प्रमाण पत्र प्रदान गरिएको हो थियो ।

रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यको अध्यक्षतामा भएको सो प्रतियोेगितामा बोल्दै अध्यक्ष आचार्यले विद्यार्थीमा नेतृत्व क्षमता, तर्कशक्ति र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । क्लवका संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक बासुदेव न्यौपानेले हाजिर जवाफ प्रतियोगिताको सहजिकरण गरेक थिए । कार्यक्रममा रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपालम आचार्यसहित संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निर्वाचित अध्यक्ष बसन्त गिरी, व्यवस्थापक पिताम्बर रोकाय, सदस्य कमल केसी, विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे