निर्वाचनको मुखैमा राप्ती–५ लठ्ठहवाबाट विभिन्न पार्टी परित्याग गरि ९ जना कार्यकर्ता एमालेमा प्रवेश



निर्वाचनको मुखैमा राप्ती–५ लठ्ठहवाबाट विभिन्न पार्टी परित्याग गरि ९ जना कार्यकर्ता एमालेमा प्रवेश

भालुवाङ ९ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा दाङको राप्ती गाउँपालिका–५ लठ्ठहवाबाट विभिन्न पार्टी परित्याग गरी ९ जना कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

शनिबार लठ्ठहवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा दाङ क्षेत्र नम्बर १ का उम्मेदवार रेवतीरमण शर्माले नवप्रवेशी कार्यकर्ताहरूलाई टीका–माला लगाएर पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार शर्माले नेकपा (एमाले) गाउँ–बस्तीमा लोकप्रिय बन्दै गएको दाबी गर्दै देश विकास, सुशासन र स्थायित्वका लागि एमालेको विकल्प नभएको बताए। उनले छोटो समय सत्तामा रहँदा पनि उल्लेखनीय काम गरेको उल्लेख गर्दै एमालेका कार्यक्रमहरू जनहितमै केन्द्रित रहेको जिकिर गरे।

पार्टी प्रवेश कार्यक्रममा जगतप्रसाद पोख्रेल, कुलबहादुर केसी, गंगाराम भट्टराई, नारायण डिसी छम्पाली, मदन अधिकारी, शितल भुसाल लगायत नेता–कार्यकर्ताको विशेष उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे