एमालेको झण्डा जलाएको घटनाका विषयमा रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण



एमालेको झण्डा जलाएको घटनाका विषयमा रास्वपालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाण्डौँ ९ फागुन । दाङमा नेकपा एमालेको झण्डा जलाएको घटनाका विषयमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई स्पष्टीकरण सोधेको छ।

रास्वपा सभापति रवि लामिछाने दाङको तुलसीपुर पुगेको सयमा फागुन ७ गते तुलसीपुर-५ वीरेन्द्रचोकमा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाइएको थियो। सोही विषयमा रास्पालाई २४ घण्टाभित्र जवाफ दिन भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। शुक्रबार साँझ रास्वपलाई स्पष्टीकरण सोधिएको हो।

झण्डा जलाइएको विषयमा नेकपा एमालेले शुक्रबार देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको थियो। यद्यपि रास्वपाले भने झण्डा जलाउने विषयमा आफ्नो संलग्नता नहरकेो बताएको छ। झण्डा जलाएको आरोपमा दाङ प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे