नेकपा (माओवादी) क्षेत्र नंं. १ निर्वाचन कमिटीद्धारा सहिदहरुको सम्झनामा दीप प्रज्वलन(तस्बिरहरु)



नेकपा (माओवादी) क्षेत्र नंं. १ निर्वाचन कमिटीद्धारा सहिदहरुको सम्झनामा दीप प्रज्वलन(तस्बिरहरु)

भालुवाङ १६ माघ । सहिदहरुकाे सम्झनामा शुक्रवार लुम्बिनी प्रदेश सभा परिसर देउखुरीमा  दीप प्रज्वलन गरिएको छ। सहिद दिवसको अवसरमा नेकपा (माओवादी) दाङ क्षेत्र नं १ निर्वाचन कमिटीको आयोजनामा दीप प्रज्वलन गरेर देशका लागि आफ्नो प्राण आहुति गर्ने सहिदहरुको सम्झना गरिएको हो।शुक्रबार देशभर विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाइएको छ। जहानियाँ राणा शासन विरुद्धको क्रान्तिमा आफ्नो जीवनको आहुती गरेका सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते दिन सहिद दिवस मनाउने गरिएको छ। शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सङ्घर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानको सम्झनामा शहीद दिवस मनाइन्छ।

तस्बिर : श्रवण कुमार यादव

   

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे