लमही महोत्सवमा रमेशराज, एन्जिला र राजेन्द्रको प्रस्तुती : आज प्रति आले र मञ्जु पाैडेल आउँदै



लमही महोत्सवमा रमेशराज, एन्जिला र राजेन्द्रको प्रस्तुती : आज प्रति आले र मञ्जु पाैडेल आउँदै

भालुवाङ १७ माघ । दाङको लमहीमा सञ्चालन भइरहेको तेस्रो देउखुरी कृषि, पर्यटन तथा व्यापारिक लमही महोत्सवको शुक्रवार नवौं दिन पनि दर्शकहरु राष्ट्रिय स्तरका कलाकारहरु सँग भरपुर्ण मनोरञ्जन लिएका छन् ।

स्वरोजगार आत्मनिर्भरता हाम्रा अधार, शहर देखि गाउँ सम्म व्यवसाय विस्तार भन्ने मुल नाराका साथ लमही चेम्बर अफ कमर्सको आयोजनामा गत माघ ७ गते देखि दाङको लमहीमा सञ्चालित लमही महोत्सव २०८२ को नवौं दिन बहुचर्चित गायक रमेशराज भट्टराई, गायिका एन्जिला रेग्मी र थारु गायक राजेन्द्र चौधरीले दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका छन् । बहुचर्चित गायक रमेशराज भट्टराईको धमाकेदार प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बनेको थियो ।
माघको चिसो साँझमा पनि ‘बहुला’ गायकका रूपमा परिचित भट्टराईका ऊर्जाशील गीतहरूले दर्शकलाई नाच्न बाध्य बनायो । स्टेज सम्हाल्ने बित्तिकै माहोल उत्साहले भरिएको देखिन्थ्यो । सुर्य अस्ताउँदैै जाँदा जाँदा पनि दर्शकहरूको जोशमा कुनै कमी थिए ।

भट्टराईले आफ्ना चर्चित हिट गीतहरू ‘राजा राजा भन्थी बाजा बजाएर गई र बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई गाउन सुरु गरेसँगै दर्शकको हुटिङले महोत्सवस्थलको वातावरण झन् आकर्षक बनेको थियो । उनका भन साइला तिमी लास्टै क्यूटी, ल्याङ ल्याङ गर्ने बानी, पन्चै बाजा, होलीमा अरे होलीमा, बल्ल खाइस् र मलाई हातमा राखी बानेर गई’ बोलका गीतले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवमा अहिले सम्मकै भिड नवौं दिनमा दर्शकको चाप अनपेक्षित रूपमा बढेको थियो । अत्यधिक उपस्थितिका कारण महोत्सव परिसर खचाखच भरिएको देखिन्थ्यो ।

त्यस्तै स्टेज उक्लिएकी गायिका एन्जिला रेग्मीले दर्शकलाई मञ्च वरिपरी आउन बाध्य पारिन् । एन्जिलालाई दर्शकले मजैसँग साथ दिए । एन्जिलाको गीतमा दर्शकहरुले भरपुर मनोरञ्जन लिए । “मायाले बोलायो”, “देउखुरीको माया” जस्ता चर्चित गीतमा दर्शकहरू ताली र नृत्यमा सहभागी भए । विशेषगरी युवायुवतीदेखि ज्येष्ठ नागरिकसम्म रेग्मीको प्रस्तुति हेर्न बाक्लो उपस्थिति देखिएको थियो । गायिका रेग्मीले देउखुरी क्षेत्रप्रति आफ्नो आत्मीयता व्यक्त गर्दै स्थानीय दर्शकको मायाले आफूलाई थप उर्जा मिलेको बताइन् । उनले यस्ता महोत्सवले स्थानीय कला, संस्कृति र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन् ।

भने महोत्सवमा चर्चित थारु गायक राजेन्द्र चौधरीले पनि आफ्नो सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए । थारु मौलिकता झल्किने गीतले महोत्सवस्थल थारु संस्कृतिमय बनेको थियो । गायक चौधरीले थारु समुदायमा लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकहरू नाचगानमा सहभागी भएका थिए । थारु भाषा, भेषभूषा र लोकसंस्कृतिको जीवन्त प्रस्तुतिले युवादेखि ज्येष्ठ नागरिकसम्म दर्शकको उत्साह बढाएको थियो । महोत्सवमा उद्घोषको रुपमा रहेका अनुप बुढाले पनि आफ्ना गीत मार्फत दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका थिए । त्यस्तै डान्सरहरू सुस्मिता कोइराला, रूवी विक लगायतका स्थानीय कलाकारहरूले पनि भरपूर्ण मनोरञ्जन दिएका थिए ।

यसै गरी महोत्सवमा माघ १७ गते शनिवार बहुचर्चित गायिका प्रिति आले, गायिका तथा उद्घोषिका मञ्जु पौडेल, गायिका ममता तमाङ, गायक तथा सञ्चारकर्मी देवेन्द्र बस्नेत लगायतका कलाकारहरुको प्रस्तुती रहने मेला व्यवस्थापक विनाेद बुढाथाेकीले जानकारी दिएका छन् । भने उद्घोषकको भुमिकामा अनुप बुढा, दिपक बर्मा, पनि रहने छन् । भने स्थानीय कलाकारहरु डान्सरहरू सुस्मिता कोइराला, रूवी विकको टिमले पनि मनोरञ्जन दिने आयोजकले बताएको छ ।
बढ्दो चोरी तथा दुर्घटनालाई मध्ये नजर गरि लमही बजारका विभिन्न क्षेत्रमा सिसि क्यामरा जडान गर्ने, पर्यापर्यटन क्षेत्रको प्रवद्र्धन र कला सँस्कृतिको संरक्षण सँगै कृषि तथा उद्यम क्षेत्रको विकास गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन गरिएको छ । महोत्सवमा २०० स्टल रहेका छन् । जस मध्ये ५० वटा कृषि उपजलाई छुट्याइएको छ । करिव ३ लाख दर्शकले अवलोकन गर्ने, करिव ३ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे