श्यामेश चौधरीले मेटमणिलाई समर्थन नगर्ने घोषणा, स्वतन्त्र उम्मेदवार कुलप्रसादलाई समर्थन गर्ने



श्यामेश चौधरीले मेटमणिलाई समर्थन नगर्ने घोषणा, स्वतन्त्र उम्मेदवार कुलप्रसादलाई समर्थन गर्ने

भालुवाङ १६ मंसिर । नेपाली कम्युनिष्ट पार्टीबाट दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मेटमणी चौधरीलाई श्यामेश चौधरीले समर्थन नगर्ने घोषणा गरेका छन् ।

चुनाव प्रचारप्रसार समितिका संयोजक तथा पूर्व माओवादी केन्द्र राप्ती गाउँपालिका इन्चार्ज, लुम्बिनी प्रदेश सदस्य, थारू राष्ट्रिय मुक्तिमोर्चाका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्यामेश चौधरीले मेटमणि चौधरीलाई समर्थन नगर्ने घोषणा गरेका हुन् । शुक्रबार दाङको लमहीमा पत्रकार सम्मेलनको आयोजना गरि श्यामेश चौधरीले प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मेटमणि चौधरीलाई समर्थन नगर्ने घोषणा गरेका हुन् ।

विगत लामो समय देखि माओवादी केन्द्र संस्थापन पक्षमा रही पार्टीको विधी, विधान र अनुशासनमा रही काम गर्दै–आएको बताउँदै चौधरीले राजनितीलाई पेशाको रुपमा बनाउने गलत सम्झौता गर्नु–भन्दा एक्लै भए पनि सहि बाटोमा हिड्न उचित ठानेर जनताको भावना र चाहना अनुसार दाङ क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी (सोनम) लाई समर्थन गर्ने बताउनु भयो । प्रदेशको राजधानी देउखुरीमा ल्याउन महत्वपूर्ण भुमिका खेलेको र विकास निर्माणका लागि केसी उपयुक्त ठानेर आफुले स्वतन्त्र उम्मेदवार केसीलाई राजेको बताए । साथै उनले एक पटक समग्र देउखुरीको विकासका लागि सवै जनता एक ढिक्का भएर चुनाव चिन्ह आँपमा मतदान गरि विजय गराउन पत्रकार सम्मेलन मार्फत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे