पब्लिक एजुकेसन एकेडेमीको १८ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न



पब्लिक एजुकेसन एकेडेमीको १८ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

लालमटिया ११ माघ । दाङकाे राप्ती गाउँपालिका–२, बरखुट्टी स्थित पब्लिक एजुकेसन एकेडेमीको १८ औँ वार्षिकोत्सव तथा सरस्वती पूजा कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमानन्द पाण्डेकाे अध्यक्षता एवम् लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरकाे प्रमुख आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको हो। साे अवसरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जीपीए ल्याउने विद्यार्थी, राप्ती गाउँपालिका स्तरीय आधारभूत तह परीक्षा (कक्षा ८) मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू, खेलकुद सप्ताहका विजेता विद्यार्थीहरू, उत्कृष्ट शिक्षक, उत्कृष्ट अभिभावक तथा कुर्सी दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्ने अभिभावकहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा देउखुरी शिक्षा सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्ष पदम प्रसाद रिजाल, पब्लिक एजुकेसन एकेडेमीका पूर्व अध्यक्ष जीवनराज शर्मा, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख पुष्कर सिंह ऐरी, दुर्गा भवानी आधारभूत विद्यालयका शिक्षक विष्णुबहादुर थापा, गोरखा आइडल स्कुलका प्रधानाध्यापक बसन्त पुन तथा राप्ती गाउँपालिका वडा नं. २ का वडाध्यक्ष पहलवान चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम सहायक प्रधानाध्यापक फणिराम पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन शिक्षकद्वय मुना गिरी र सोनु भण्डारीले सञ्चालन गरेका थिए। कार्यक्रममा पब्लिक एजुकेसन एकेडेमी व्यवस्थापन समिति सदस्यहरू, देउखुरी शिक्षा सहकारी संस्था लिमिटेडका पदाधिकारी तथा सेयर सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, अभिभावक, विद्यार्थी र अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको विद्यालयका प्रधानाध्यापक चम्पक राज कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे