देउखुरीमा माटोको ढिस्कोले पुरिँदा १ मजदुरको मृत्यु, १ जना घाइते
लमही ५ माघ । दाङकाे देउखुरीमा माटोको ढिस्कोले पुरिँदा १ मजदुरको मृत्यु भएकाे छ भने आर्का १ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लमही नगरपालिका–७ कमानपुर निवासी ३६ वर्षीय अरविन्द चौधरी रहेका छन् । सोही घटनामा लमही नगरपालिका–७ हसनापुर निवासी शंकर चौधरी घाइते भएका छन् । लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम गर्ने क्रममा अरविन्दको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् । घाइते शंकर चौधरीलाई भने लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्

