घोराही-१६, जनजागृती टोलमा एक पुरुष मृत अवस्थामा फेला
दाङ ५ माघ । दाङमा एक पुरुषको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर १६ जनजागृती टोलमा आज विहान सवा दश बजेतिर एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ । मृतकको हुलिया हेर्दा अन्दाजी ३६ वर्षको,गहुँगोरो,निलो रङको जिन्स पाईन्ट, र आकाशे रङको टिर्सट तथा हुडी जकेट लगाएका छन् । साथै उनको साथमा अटो वा स्कुटरको जस्तो चावी समेत फेला परेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप अनुसनन भईरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्

