लालमटिया महोत्सवमा बसन्त र सम्झनाको प्रस्तुती : न्यून दर्शकमा पनि कलाकारको जोश



लालमटिया महोत्सवमा बसन्त र सम्झनाको प्रस्तुती : न्यून दर्शकमा पनि कलाकारको जोश

भालुवाङ २८ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा सञ्चालित सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको चौथोे दिन सोमबार गायक बसन्त लम्साल र गायिका सम्झना रनपालले आ–आफ्ना प्रस्तुती मार्फत दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका छन् ।

राप्ती उद्योग वाणिज्य संघ भालुवाङले गत पुस २५ गते देखि सुरु गरेको महोत्सवमा सुरुका दिन देखि नै दर्शक न्यून देखिएका छन् । न्यून दर्शकका माझ पनि दुवै कलाकारको जोश भने उत्तिकै थियो । गायक लम्सालले आधा दर्जन बढी गीत गाएर महोत्सवमा सहभागी दर्शक र मञ्चका आसिन अतिथि तथा कलाकारहरुलाई नचाएका थिए । त्यसैगरी लोक दोहोरी गायिका सम्झना रनपालले पनि आफ्ना गीत मार्फत दर्शकहरुलाई खुबै नचाएकी थिइन् । भने एलिसा डान्स ग्रुप सहित स्थानीय कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुति दिएर दर्शकहरुलाई मनोरञ्जन दिएका थिए ।

यसै बीच महोत्सवको पाँचौ दिन पुस २९ गते मंगलवार लोक दोहोरी गायक प्रेम शर्मा, लोकदोहोरी गायिका शिला गुरूङ्ग, गायक बिष्णु सिंजालीमगर लगायतका कलाकारहरू आउन लागेका छन् । गत पुस २५ गते बाट सुरू भएको महोत्सवमा उनीहरु सँगै गायक तथा उद्घोषक राजेश भण्डारी र एलिसा डान्स ग्रुपको पनि प्रस्तुति रहने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे