लालमटिया महोत्सवमा आज गायक कृष्ण रेउले, अनु रानामगर लगायतका कलाकारहरू आउँदै
भालुवाङ २७ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा सञ्चालित साताैं राप्ती लुम्बिनी प्रादेशिक व्यापारीक, पर्यटन तथा कृषि महोत्सवमा आज पुस २७ गते आइतबार चर्चित लोक दोहोरी गायक कृष्ण रेउले, गायिका अनु राना मगर लगायतका कलाकारहरू आउन लागेका छन् ।
राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा गत पुस २५ गते बाट सुरू भएको महोत्सवमा गायक रेउले र रानामगर आउन लागेको आयोजकले जानकारी दिएको छ । सँगै महोत्सव गायक तथा उद्घोषक राजेश भण्डारी सँगै एलिसा डान्स ग्रुपको पनि प्रस्तुति रहने आयोजकले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्
