महोत्सवमा शान्तिश्री परियार आउन नसकेपछि फोनबाटै मागिन माफी, चन्द र भण्डारीकाे मात्र प्रस्तुती



महोत्सवमा शान्तिश्री परियार आउन नसकेपछि फोनबाटै मागिन माफी, चन्द र भण्डारीकाे मात्र प्रस्तुती

भालुवाङ २६ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा सञ्चालन भइरहेको सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सवको दोस्रो दिन शनिवार चर्चित लोक दोहोरी गायिका शान्तिश्री परियार महोत्सव स्थलमा आउन नसकेपछि दर्शकहरु सामु फोनबाटै माफी मागेकी छिन् ।

गाउँगाउँबाट शान्तिश्री परियारको प्रस्तुती हेर्न आएका दर्शकहरुलाई गायक तथा उद्घोषक राजेश भण्डारीले दिन डुब्न लाग्दा सम्म आउने भन्दै दर्शकहरुलाई आफ्नो कलाको माध्यमबाट रोकिरहनु भएको थियो । झमक्क राती परिसक्दा पनि आउने छाँट नदेखिएपछि गायिका शान्तिश्री परियारलाई उद्घोषक भण्डारीले फोनमै कुरा गर्न लगाएपछि गायिका परियारले समयमै प्लेन उड्न नसकेपछि आफु आउन नसकेको भन्दै दर्शकहरु सामु माफी माग्दै पुस २९ गते आउने बाँचा गरेकी छिन् ।
मौसम खराबीका कारण समयमै प्लेन उड्न नसकेपछि लोकप्रिय गायिका शान्ति श्री परियार महोत्सवमा आउन सकेनिन् तर यता गायिका परियारको प्रस्तुती सुन्न आतुर दर्शकहरु भने खुसी थिएनन् । कतिपयले काटेको टिकटको पैसा फिर्ता माग्नुपर्छ भनेर कुरा गरेको सुनिन्थ्यो ।

गायिका परियार महोत्सवमा आउन नसकेपनि गायक शक्ति चन्द र गायक तथा उद्घोषक राजेश भण्डारीले आफ्ना विभिन्न प्रस्तुती मार्फत दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन दिएका थिए । दुवैले गाएका गीतमा दर्शकहरु नाचेका थिए । त्यस्तै एलिसा डान्स ग्रुपले पनि नृत्य मार्फत भरपूर्ण मनोरञ्जन दिएका थिए । यसै बीच महोत्सवको तेस्रो दिन पुस २७ गते गायक कृष्ण रेउले, गायिका अनु राना मगर आउन लागेको आयोजकले जानकारी दिएको छ । त्यस्तै महोत्सवमा उद्घोषकको रुपमा सन्तराम सेन्चुरी पनि आउन लागेको बताइएको छ । भोली पनि गायक तथा उद्घोषक राजेश भण्डारी र एलिसा डान्स ग्रुप सँगै रहने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे