प्रगतिनगर शहरी खानेपानीमा प्रमाणपत्र वितरण, सपथ तथा पदभार ग्रहण
भालुवाङ २३ पुस । दाङको राप्ती गाउँपालिका–८ पिपरीमा रहेको प्रगतिनगर शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण, पद तथा गोपिनियताको सपथ र पदभार ग्रहण गराइएको छ ।
निर्वाचन समितिले बुधबार खानेपानी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि निर्वाचन समितिका संयोजक रामप्रसाद चौधरीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य तथा लेखा समितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्वाचन संयोजक चौधरीले नवनिर्वाचित अध्यक्ष तिर्थराज ज्ञवालीलाई पद गोपिनियताको सपथग्रहण गराउनु भयो । भने नवनिर्वाचित अध्यक्ष ज्ञवालीले अन्य पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपिनियताको सपथग्रहण गराउनु भयो । सपथग्रहण पछि निर्वतमान अध्यक्ष भरतप्रसाद पाण्डेले नवनिर्वाचित अध्यक्ष ज्ञवालीलाई पदभार ग्रहण गराउनुका साथै जिम्मेवारी समेत हस्तान्तरण गर्नुभएको छ ।
सपथग्रहण तथा पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ज्ञवालीले २४ सय उपभोक्ताहरूले खाइरहेको पानीलाई अझ स्वच्छ तथा शुद्व बनाएर लैजाने र संस्थामा रहेको ऋण समयमै भुक्तानी गर्ने बताउनु भयो । साथै नवनिर्वाचित अध्यक्ष ज्ञवालीले अधिवेशन सफल बनाउन सहयोग गर्ने निर्वाचन समिति, सहजीकरण समिति, र आम उपभोक्तालाई धन्यवाद दिनुभयो । निर्वाचन समितिका संयोजक रामप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन समितिका सदस्य शिवध्वज मल्ल, संस्थाका निर्वतमान अध्यक्ष भरतप्रसाद पाण्डे लगायतका वक्ताहरूले बधाई सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले निर्वाचन समितिका संयोजक रामप्रसाद चौधरी, सदस्य शिवध्वज मल्ल र विद्याशरण चौधरीलाई सम्मान पत्र, मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको थियो भने सहजीकरण समितिका गोविन्द कुवर क्षेत्री, चुडामणी शर्मालाई मायाको चिनो प्रदान गरेको थियो ।
यसैबीच नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष तिर्थराज ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले ७ महत्वपूर्ण निर्णय गरेको छ । बैठकले अधिवेशन सफल बनाउन सहयोग गर्ने निर्वाचन समिति, सहजीकरण समिति, उपभोक्ता तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिने, कार्यसमितिको नियमित मासिक बैठक हरेक महिनाको ३ गते र विष्यगत समिति सहितको पुर्ण बैठक ३÷३ महिनामा दिउँसो १ बजे बस्ने, संस्थाले निमार्ण गरेको आंचारसंहिता पालाना गर्ने गराउने, बैंक खाताको हस्ताक्षर परिवर्तन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले विषयगत समितिलाई पुर्णता दिएको छ । जस अनुसार ओमप्रकाश गुप्ता संयोजक रहेको अनुगमन तथा मुल्याङकन समितिको सदस्यहरुमा समशेर केसी, दिलबहादुर खत्री, चेतमान परियार र युवराज सेनलाई मनोनित गरेको छ । त्यस्तै रणप्रसाद सुवेदी संयोजक रहेको न्यायिक समितिको सदस्यहरुमा माधवप्रसाद आचार्य, शिला चौधरी, तारा घिमिरे र श्रीधर ज्ञवालीलाई मनोनित गरेको छ भने बिर्ख बहादुर महरा संयोजक रहेको खरिद समितिको सदस्यहरमा पूर्णबहादुर बुढाथोकी र श्रवण आचार्यलाई मनोनित गरेको छ । त्यस्तै बैठकले ५ जनालाई सल्लाहकारमा मनोनित गरेको छ । जस अनुसार रामप्रसाद चौधरी, भरतप्रसाद पाण्डे, शिवध्वज मल्ल, विद्याशरण चौधरी र गोविन्द बहादुर कुवर क्षत्री रहेका छन् ।
गत शनिवार राप्ती गाउँपालिका–८ पिपरीमा भएको चौथो अधिवेशनबाट अध्यक्षमा तिर्थराज ज्ञवाली, उपाध्यक्षमा नारायणी पोख्रेल, सचिवमा यमबहादुर चौधरी, कोषाध्यक्षमा मदन पोख्रेल, सदस्यहरूमा घनिराम पोख्रेल, नारायण चौधरी, विष्णु गुरूङ र तारा परियार सर्वसम्मत निर्वाचित भएका थिए । भने लेखा सुपरिवेक्षण समिति संयोजकमा चुमबहादुर बुढा, अनुगमन तथा मुल्यांकन समिति संयोजकमा ओमप्रकाश गुप्ता, न्यायिक समिति संयोजकमा रणप्रसाद सुवेदी र खरिद समिति संयोजकमा बिर्खबहादुर महरा सर्वसम्मत निर्वाचित भएका थिए ।
