राप्ती प्रेस मञ्चद्वारा लागुऔषध, ट्राफिक र साइबर क्राइम विषयक विद्यालय सचेतना अभियान सुरू



राप्ती प्रेस मञ्चद्वारा लागुऔषध, ट्राफिक र साइबर क्राइम विषयक विद्यालय सचेतना अभियान सुरू

भालुवाङ ११ पुस । दाङको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले लागुऔषध, ट्राफिक तथा साइबर क्राइम सम्बन्धि विद्यालय सचेतना अभियान सुरू गरेको छ । मञ्चले शुक्रबार राप्ती गाउँपालिका-७ छोट्की सिसहनियाँमा रहेको सरस्वती आधारभूत विद्यालयबाट अभियानको सुरूवात गरेको छ । मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षता एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जोला प्रसाद चाैधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको छ ।

विद्यार्थीहरूलाई बाल्यकालमै लागुऔषधको दुष्प्रभाव, सुरक्षित अनलाइन प्रयोग र ट्राफिक नियमको पालनबारे व्यावहारिक ज्ञान दिन र समुदायमा सकारात्मक सन्देश फैलाउनु अभियानको सुभारम्भ गरिएको हो । कार्यक्रममा नार्कोन नेपाल लुम्बिनी प्रदेश संयोजक बसन्त बहादुर पुनले लागुऔषधका प्रकार, जोखिम र रोकथामबारे जानकारी गराए । इलाका प्रहरी कार्यालय भालुवाङकी प्रहरी सहायक निरीक्षक निर्मला बस्नेतले साइबर अपराध, अनलाइन ठगी तथा सुरक्षित सोसल मिडिया प्रयोग बारे सचेत गराइन् । अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख तथा प्रहरी नायव निरीक्षक नरेन्द्र बहादुर शाहीले ट्राफिक नियम, हेलमेट/सिटबेल्टको प्रयोग र सडक दुर्घटना न्यूनीकरण विषयमा प्रशिक्षण दिए । कार्यक्रममा १ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । मञ्चका कोषाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्य तथा वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे