राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा हुमानाथ अधिकारी सर्वसम्मत निर्वाचित 



राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा हुमानाथ अधिकारी सर्वसम्मत निर्वाचित 

भालुवाङ ११ पुस । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुन हुमानाथ अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

महासंघको शुक्रबार दाङको भालुवाङमा सम्पन्न छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अधिकारी दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मी भुसाल, सचिवमा दयाराम अधिकारी, सहसचिवमा टेकराज जैशी र कोषाध्यक्षमा अजय शर्मा पनि सर्वसम्मत निर्वाचित भएका छन् । त्यसै गरि सदस्यहरूमा सावित्री केसी, रजिता रेग्मी, नेत्रकुमारी मल्ल, कमला पाैडेल, धनमाया शर्मा, जुमानसिंह केसी, जंगबहादुर डाँगी, मनोज पंगेनी, रूपा विक, बसन्ती वली, शिवानन्द बर्मा, हरिकला थापामगर, मनिषा विक, सुवी गुरुङ पनि सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक तथा अधिवक्ता अमरबहादुर गुरूङले जानकारी दिए ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमानाथ अधिकारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले अपांगता भएका नागरिकहरूलाई प्रविधि सँग जोड्न आवश्यक रहेको बताउका छन् । अपांगताहरूले केही गर्न सक्दैनन् भन्ने देखाउनका लागि पनि प्रविधिको प्रयोग आवश्यक रहेको मन्त्री तिमिल्सिनाले बताए । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघिय अध्यक्ष देवीदत्त आचार्य, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पुर्व अध्यक्ष डा. विरेन्द्रराज पोख्रेल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल अनुशासन आयोगका संयोजक देवीबहादुर पोख्रेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष देवा डाँगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन  सचिव सन्तोष पन्थीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे