राप्ती-६ मझेरियामा शिव मन्दिर निर्माण : उद्घाटनको पुर्व सन्ध्यामा कलश यात्रा
सिसहनियाँ २४ साउन । दाङको राप्ती गाउँपालिका-६ मझेरियामा शिव मन्दिर निर्माण गरिएको छ ।
राप्ती गाउँपालिका वडा नम्बर ६ को ११ लाख ८० हजार रूपैयाँको लागतमा मन्दिर निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद चाैधरीले जानकारी दिएका छन् । मन्दिर निर्माण भएपछि हिन्दुधर्ममा आस्था राख्ने नागरिकहरूले दैनिक पुजाआजामा सहज भएको अध्यक्ष चाैधरीले बताए । यसै बीच मन्दिर उद्घाटन तथा मुर्ती स्थापनाको पुर्व सन्ध्यामा आइतबार कलशयात्रा निकालिएको छ । १ सय ११ वटा कलश सहित मन्दिरबाट सुरू भएको यात्रा भगवानपुर गाउँ हुँदै राप्ती नदीबाट जल लिएर पुन मन्दिरमा आएर विर्सन गरिएको समितिका अध्यक्ष चाैधरीले बताए ।
यसै बीच सोमबार सो मन्दिरमा मुर्ती स्थापना र उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही अवसरमा वडा नम्बर ६ भित्र रहेका पाँच वटा मन्दिरको परिक्रमा गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।
