देउखुरीको कालाकाटेबाट १ लाख बढीको अवैध सामान बरामद
भालुवाङ २ पुस । दाङमा एक लाख बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी इकाईले मंगलबार गढवा गाउँपालिका–१ कालाकाटे चोकस्थित सडक छेउबाट १ लाख १८ हजार ७ सय ५० बराबरको किराना तथा लत्ता कपडा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहाले जानकारी दिएका छन् ।
बरामद गरिएको अवैध सामानलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय कोइलाबाट पठाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

