दुबै मृगौला फेल भएका राप्ती–२ बराखुट्टीका लिलाधर परियारको जिवनरक्षाका लागि सहयोगकाे अपिल



दुबै मृगौला फेल भएका राप्ती–२ बराखुट्टीका लिलाधर परियारको जिवनरक्षाका लागि सहयोगकाे अपिल

भालुवाङ १ पुस । दाङको राप्ती गाउँपालिका–२ बराखुट्टी निवासी ५१ वर्षीय मृगौला पीडित लिलाधर परियार आर्थिक अभावमा अस्पातलको शैयामा छट्पटाइरहेका छन् । दुईवटै मृगौला फेल भएका परियार गत मंसिर २१ गते देखि अस्पातलमा जीवन मरणको दोसाधमा छन् ।

आर्थिक अभावका कारण थप उपचार गर्न समस्या भएपछि परियारले ज्यान जोगाईदिन सबैसँग सहयोगको अपिल गरेका हुन । सुगर र प्रेसरले च्याप्दै गएपछि परियारको दुवै मृगौला फेल भएको र कलेजोमा समेत समस्या देखिएपछि अहिले उनको भारतको लखनउ स्थित जनता हस्पिटलमा आइसियुमा राखेर उपचार भइरहेको छोरी सुनिता परियारले बताइन् । आर्थिक अवस्था निकै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको अपिल गर्दै आएको सुनिताले बताइन् ।

तत्काल डाइलोसिस गर्नुपर्ने छ । त्यसमा पनि दैनिक अस्पताल खर्च ३२ हजार आउँछ, गरिव मान्छे कहाँबाट रकम जुटाउने हो, भएको पैसा पनि सकियो सुनिताले भनिन्, चिकित्सकले उनको नयाँ जीवनका लागि मृगौला प्रत्यारोपण नै गर्नुपर्ने भनी सुल्झाएकाले उनको परिवार अहिले पैसाको खोजीमा भौतारिरहेको छ । स्वास्थ्यमा थप जटिलता आउन नदिन प्रत्यारोपण छिटो गर्न सके राम्रो हुने डाक्टरको सल्लाह बमोजिम पीडितले सहयोगको हारगुहार गरेका हुन् । उपचारमा धेरै रकम लाग्ने भएपछि आर्थिक सहयोग जुटाउन परिवारलाई थप समस्या परेको छ ।पीडित लिलाधरको उपचारका लागि सहयोग गर्न चाहानेले पिडित लिलाधर परियारको जेठो छोरी सुनिता परियारको नाममा रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंक शाखा लालमटियाको खाता नम्बर ०६४००७००६५२३०८०००००१ वा मोवाइल नम्बर ९७६६२४३०६९ र ९८२९५५१६९२ मा फोन गरेर सहयोग गरिदिन सरकार र भगवानरुपी आम नागरिकहरुसँग आग्रह गरेका छन् । लिलाधरको परिवारमा ११ जना सदस्य छन् । श्रीमान् श्रीमति, छोरा बुहारी, छोरी र बच्चाबच्ची रहेका छन् । यसै बीच घरपरिवारले मृगौला कलेजो पिडित लिलाधर दमाई बचाउ अभियान समेत सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे