कौडिया बस दुर्घटना : पानीमा रुझेका घाइतेहरुलाई व्यवसायीले बाँडे न्यानो कपडा



कौडिया बस दुर्घटना : पानीमा रुझेका घाइतेहरुलाई व्यवसायीले बाँडे न्यानो कपडा

दाङ २५ मंसिर । दाङको लमही नगरपालिका -१ कौडियामा भएको बस दुर्घटनामा घाइतेहरुलाई देउखुरी उद्योग वाणिज्य संघ लमही, चेम्बर अफ कमर्स, होटल व्यवसायी समितिले न्यानो कपडा, जुत्ता चप्पल, पानी, चाउचाउ, बिस्कुट लगायत सामाग्री वितरण गरेका छन ।

डडेल्धुराबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खस्दा २२ जना यात्रु घाइते भएका थिए । उपचारपछि सबै यात्रु डिस्चार्ज भइसेका छन । बस चालक डडेल्धुरा अम्मरगढी–७ का ३६ वर्षीय राजेन्द्र कैनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूमा डडेल्धुरा, कैलाली, बैतडी, प्युठानलगायत विभिन्न स्थानका रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे