रड प्रहारबाट तुलसीपुरमा एक युवक घाइते



रड प्रहारबाट तुलसीपुरमा एक युवक घाइते

तुलसीपुर २४ पुस ।  तुलसीपुरको नयाँवस्तीमा रड प्रहारबाट एक जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ नयाँवस्ती निबासी २५ बर्षका वसन्त चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

नयाँवस्तीमा सडक निर्माणको काम गरिरहेका चौधरीलाई सोही ठाउँका लेखनाथ वली, विशाल विक लगाएत ५÷७ जनाको समूहले फलामको रड प्रहार गरि घाइते बनाएर भागेको स्थानीयबासीले जानकारी दिएका छन् । घाइते चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चौधरीको टाउको, हात, खुट्टा र शरिरका विभिन्न भागमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे