तुलसीपुरमा अटोले अटोलाई ठक्कर दिदा चालक सहित आठ जना घाईते



तुलसीपुरमा अटोले अटोलाई ठक्कर दिदा चालक सहित आठ जना घाईते

तुलसीपुर २४ पुस । तुलसीपुरमा अटोले अटोलाई ठक्कर दिदा आठ जना घाईते भएका छन् । तुलसीपुर देखी मजगाउँ जादै गरेको रा १ ह ३६५२ नम्वरको अटोले विपरित दिशाबाट आउदै गरेको रा १ ह २७३० नम्वरको अटोलाई तुलसीपुर १६ जहदागाउँ नजिकै शुक्रवार दिउँसो साढे चार बजे ठक्कर दिदा अटो दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परि रा १ ह ३६५२ नम्वरको अटोमा सवार दंगीशरण गाउँपालिका वडा नम्वर ४ बस्ने ३० बर्षिया जिवनी केसी, सोहि वडाका १० बर्षिया गंगा केसी, २ बर्षिय विज्ञान केसी, तुलसीपुर १६ बस्ने ६० बर्षिया गौरी विक,रा १ ह २७३० नम्वर अटोमा सवार तुलसीपुर १२ जसपुरमा बस्ने धन बहादुर केसीकी छोरी १६ बर्षिया रितिसा केसी, सोहि ठाउँका २ बर्षका रितेस केसी,३८ बर्षिया रेखा केसी, घोराही १० नारायणपुर बस्ने ४१ वर्षका खिमा रावल, रा १ ह ३६५२ नम्वरको अटो चालक रोसन वली घाईते भएका छन् ।

घाईते मध्ये अटो चालक बाहेक अन्यको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ भने चालकको सिटि हस्पिटलमा उपचार भईरहेको तुलसीपुर प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे