दाङमा चलचित्र बहस सम्पन्न



दाङमा चलचित्र बहस सम्पन्न

घोराही  २४ पुस । चलचित्र पत्रकार सघं नेपाल दाङ शाखाको आयोजनामा “चलचित्र क्षेत्रमा कोरोनाले पारेको प्रभाब र अबको बाटो” शिर्षकमा चलचित्र बहस सम्पन्न भएको छ । कार्यत्रममा चलचित्र क्षेत्रमा अहिलेको अबस्था, सम्भावना र चुनौति लगाएतका विषयमा बहस गरिएको थियो ।

चलचित्र विकास बोडका पुर्व अध्यक्ष डा.अमर गिरी,निर्माता तथा निर्देशक रोहित घिमिरे, मुनाल घिमिरे हल सञ्चालक रोहित श्रेष्ठलाई कार्यत्रमका सहजकर्ता धु्रबराज न्यैपानेले चलचित्र क्षेत्रसङ्ग सम्बन्धित रहेर प्रश्न राखेका थिए ।

नेपाल पत्रकार महासंघ शाखा दाङको सभाहलमा सम्पन्न कार्यक्रममा चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षता र चलचित्र विकास बोडका पुर्व अध्यक्ष डा.अमर गिरिको प्रमुख आतिथ्यतामा कार्यत्रम सम्पन्न भएको थियो । कार्यक्रममा कलाकार,पत्रकार,साहित्यकार लगाएतका वक्ताहरले आआफनो बिचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे