दाङका सामाजिक अगुवाहरुद्धारा तुलसीपुरकाे सरस्वती मावि दमारगाउँमा शैक्षिक सामाग्री वितरण



दाङका सामाजिक अगुवाहरुद्धारा तुलसीपुरकाे सरस्वती मावि दमारगाउँमा शैक्षिक सामाग्री वितरण

तुलसीपुर १६ मंसिर । दाङका सामाजिक अगुवाहरुद्धारा तुलसीपुरकाे सरस्वती माध्यामिक विद्यालय दमारगाउँमा शैक्षिक सामाग्री वितरण गरिएकाे छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अम्बाकुमारी डाँगी (वली) काे अध्यक्षता एंव जय जीव दर्शनका द्रष्टा (संस्थापक) एंव समाजसेवी तुलसीपुर उपमहानगरपालिका -७ जितपुर निवासी उपेन्द्र पाैडेलकाे प्रमुख आतिथ्यता तथा हाेटल व्यष्टर्न प्याल्सका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक एवम् तुलसीपुर उपमहानगरपालिका -६ दाङका असिताभ लामिछानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त विद्यालयमा अध्ययनरत करिब ६६ जना विद्यार्थीहरुलाई कापी कलम पेन्सिल र इलेजर गरी करिब २५ हजार बराबरकाे शैक्षिक सामाग्री वितरण गरिएकाे थियाे ।  साे अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावकहरु लगायतको सहभागिता रहेकाे थियाे । विद्यालयका प्रधानाध्यापक जंगविर केसीकाे स्वागत मन्तव्यबाट सुरुभएकाे कार्यक्रममा तुलसीपुर ३ का वडा सदस्य राजेन्द्र गुरुङ, समाजसेवीहरु आकाश गुरुङ, हुमबहादुर बिक,  थम्मन केसी (दिपक), दशरथ ओली  र प्रधानत्र्यापक जङ्गबिर ओलीले  विद्यार्थीहरुलाई शिक्षा सम्बन्धि मन्तब्य दिएका थिए ।  कार्यक्रमको सञ्भालन थर्कोट डटक का सन्चालक दोर्ण केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे