देउखुरीमा भालुको आक्रमणबाट एक महिला घाइते



देउखुरीमा भालुको आक्रमणबाट एक महिला घाइते

सिसहनियाँ १५ मंसिर । दाङको देउखुरीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।

घाइते हुनेमा राप्ती गाउँपालिका-६ भगवानपुर निवासी वर्ष ५६ को यशोदा विष्ट रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख रकमबहादुर खड्काले जानकारी दिएका छन् । भालुको आक्रमणबाट विष्ट मध्यम घाइते भएकी छिन् । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घटना गत मंसिर ११ गतेको हो । देउकी सामुदायिक वनमा बिहान ११:३० बजे घाँस काट्न गएको बेला भालुले विष्टलाई आक्रमण गरि घाइते बनाएको थियो । भालुले आक्रमण गरेपछि सँगै गएका महिला दिदीबहिनीहरूले हो-हल्ला गरेपछि भालु भागेको थियोे ।

घटना लगत्तै स्थानीयले प्रहरीलाई खवर गरेपछि इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख रकमबहादुर खड्काको कमाण्डमा गएको टोलीले घाइते विष्टलाई उद्वार गरि अस्पताल पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे