आशाका किरण संस्थाद्धारा स्वास्थ्य शिविर : १२ जनामा मधुमेह र १० जनामा उच्च रक्तचाप देखियो



आशाका किरण संस्थाद्धारा स्वास्थ्य शिविर : १२ जनामा मधुमेह र १० जनामा उच्च रक्तचाप देखियो

भालुवाङ १३ मंसिर । दाङको राप्ती गाउँपालिका १ उपल्लो भालुवाङमा निशुल्क मधुमेह तथा रक्तचाप परीक्षण कार्यक्रम सम्पन्न भएको छ । आशाका किरण संस्थाको आयोजना एवम् गुराँस फार्मेसीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।संस्थाका उपाध्यक्ष थमन रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा १ सय जना स्थानीय तथा आवतजावत गर्ने यात्रुहरूले मधुमेह (डायबिटिज) तथा रक्तचाप (ब्लड प्रेसर) परीक्षण गराएका थिए । परीक्षणका क्रममा १२ जनामा उच्च मधुमेह र १० जनामा उच्च रक्तचापको समस्या देखिएको स्वास्थ्य प्राविधिक कृष्ण श्रेष्ठले बताए । प्राविधिक पक्ष सम्हालेका गुराँस फार्मेसीका सञ्चालक कृष्ण श्रेष्ठले प्रारम्भिक अवस्था मै रोगको पहिचान हुनुले दीर्घकालीन जटिलता रोक्न सकिने बताए । साथै उनले व्यस्त र अस्वस्थ जीवनशैलीका कारण मधुमेह र उच्च रक्तचाप जस्ता दीर्घरोगहरूमा तीव्र वृद्धि भइरहेको भन्दै यस्ता निःशुल्क परीक्षण कार्यक्रमहरू अत्यन्त उपयोगी भएको धारणा राखे ।शिविरमा स्वास्थ्य प्राविधिक कृष्ण श्रेष्ठ र स्वास्थ्यकर्मी विपिन कुमार जैसवालले स्वास्थ्य परिक्षण गरेका थिए । शविरमा आशाका किरण संस्थाका संस्थापक अध्यक्ष सूर्य किरण केसी., उपाध्यक्ष दिवस आचार्य उपाध्यक्ष थमन राना, सचिव पवित्रा विश्वकर्मा, कोषाध्यक्ष ममता गिरी, संस्थाका शुभचिन्तक ईश्वर केसी, प्रेस संयोजक ओमप्रकाश गुप्ता लगायतको विशेष उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे