गढवा-४ छोट्की पर्सेनीमा महायज्ञ सुरू, संकलित रकमले धर्मशाला र शिव मन्दिर निर्माण गरिने



गढवा-४ छोट्की पर्सेनीमा महायज्ञ सुरू, संकलित रकमले धर्मशाला र शिव मन्दिर निर्माण गरिने

गढवा १३ मंसिर । दाङको गढवा गाउँपालिका वडा नम्बर ४ छोट्की पर्सेनीमा शनिबार देखि श्रीमद्भभागवत सप्ताह धनधन्याचल विराट भक्ति ज्ञान महायज्ञ सुरू भएको छ ।


ॐ कर्याश्वर शिव मन्दिर व्यवस्थापन समिति तथा सम्पूर्ण गाउँ समाज परिवारको आयोजनामा शिव मन्दिर मर्मत तथा धर्मशाला निर्माणका लागि महायज्ञ सुरू भएको हो । समितिका अध्यक्ष अयोध्या प्रसाद चाैधरीको अध्यक्षता एवम् गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा कुमारी चाैधरीको प्रमुख आतिथ्यता तथा प्रमुख कथा बाचक सन्त श्रीकृष्ण शरण दास महाराजको विशिष्ट आतिथ्यतामा भएको महायज्ञ उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले हिन्दु धर्मको संरक्षण, सम्वर्द्वनका लागि सवैले ध्यान दिनुपर्ने बताएका छन् । उनीहरूले महायज्ञबाट आध्यात्मिक ज्ञान सँग आर्थिक संकलनमा सहयोग पुग्ने बताएका थिए ।

त्यस्तै प्रमुख कथा बाचक श्रीकृष्ण शरण दास महाराजले हाम्रा संस्कार र संस्कृतिलाई जर्गेना गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपाल ऋषिमुनिले तपस्या रहेको भुमि पनि भएकाले हिन्दु सनातन धर्म संरक्षण तथा प्रचारप्रसारमा सवैले ध्यान दिनुपर्ने बताएका छन् । महायज्ञ मंसिर २० गते सम्म सञ्चालन हुने छ भने महायज्ञको प्रमुख कथा बाचकको रूपमा श्रीकृष्ण शरण दास महाराज र उपबाचकमा आर्जन सुवेदी रहेका छन् । समितिका सदस्य शेरबहादुर थारू कुमालको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे