हरियाली सहकारीका व्यवस्थापक चौधरीले निलसागरमा मनाए जन्मदिन



हरियाली सहकारीका व्यवस्थापक चौधरीले निलसागरमा मनाए जन्मदिन

सिसहनियाँ १० मंसिर । जन्म दिन मनाउने तरिका सवैको आ–आफ्नै हुन्छ । कसैले केक काटेर त कसैले भोजभतेर गरेर लाखौ रूपैयाँ खर्च गरिरहेका हुन् । तर दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुर निवासी हरियाली बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक उमेश कुमार चौधरीले आफ्नो जन्म दिन फरक तरिकाले मनाएका छन् ।

उनले राप्ती गाउँपालिका वडा नम्बर ८ कोहलुवामा रहेको निलसागर सेवा आश्रममा एक कार्यक्रमको आयोजना गरी आश्रमका असाहाय, अशक्त तथा सडकआश्रित आमाबुवाहरूलाई थोरै भए पनि राहत मिलोस भन्नका लागि उनले आश्रमलाई २८ जोड जिन्स पाइन्ट र फलफूल वितरण गरेर आफ्नो जन्म दिन मनाएका छन् । आश्रममा जन्म दिन मनाउन पाउँदा आफुलाई आनन्द मिलेको चौधरीले बताए । जन्म दिनको अवसरमा साथीभाईलाई खुवाएर फजुल खर्च गर्नु भन्दा दिनदुखीलाई सहयोग गर्नु पवित्रको कार्य भएकाले आफुले आश्रममा जन्म दिन मनाएको चौधरीले बताए । कार्यक्रममा आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरी र पत्रकार ओमप्रकाश गुप्ताले जन्मदिनको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे