राप्तीमा रहेको मुललाइट स्कुलले आगामी शैक्षिकसत्रबाट होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने



राप्तीमा रहेको मुललाइट स्कुलले आगामी शैक्षिकसत्रबाट होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने

भालुवाङ १० मंसिर । दाङको राप्ती गाउँपालिका–२ लालमटियामा रहेको मुनलाइट सेकेण्डरी इङलिस स्कुलले आगामी शैक्षिकसत्रबाट होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गर्ने भएको छ ।

बुधवार मुनलाइट सेकेण्डरी इङलिस स्कुल लालमटियाको २३ औं तथा रिभर राप्ती इङलिस स्कुल प्रालि भालुवाङको १३ औं वार्षिकोत्सब कार्यक्रममा विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक विभुषण अधिकारीले आगामी शैक्षिकसत्रबाट सो विषयमा कक्षा सञ्चालन गर्ने तयारी रहेको बताएका छन् । उनले संगित र चित्रकलाको अतिरिक्त कक्षाहरु समेत सञ्चालन गर्ने लक्ष्य रहेको बताए । त्यस्तै उनले खेलकुदका लागि कबड्डी म्याट राख्ने, बास्केट बल तथा लन टेनिस कोर्ट बनाउने र कक्षा कोठाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने तथा प्रयोगमा आधारित सिकाईलाई जोड दिने लक्ष्य रहेको बताएका छन् ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भोजराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती प्याब्सनका अध्यक्ष रामप्रसाद शर्मा, रिभर राप्ती इङलिस स्कुल प्रालि भालुवाङको प्रधानाध्यापक ईश्वरीप्रसाद भुसाल र पुर्व विद्यार्थी धेरेन्द्र सेन ठकुरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत देखाइएको थियो । पुर्व प्रधानाध्यापक छविलाल थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक धुव्रराज भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे