लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकद्धारा ७ वटा महत्वपूर्ण निर्णय



लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकद्धारा ७ वटा महत्वपूर्ण निर्णय

भालुवाङ ७ मंसिर । लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यतका(देउखुरी)मा सम्पन्न बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेश गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९ को अधिकार प्रयोग गरी पदेश सरकारले बाधा अड्काउ फुकुवागरी निर्देशनालयले गर्नुपर्ने अत्यावश्यक कार्य निर्देशनालय गठन नभए सम्मका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट सम्पादन गर्नेगरी निर्णय गरिएको हो । सो मन्त्रालयकै तर्फबाट लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न अनुमति दिने निर्णय भएको भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।

कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धी विधेयक प्रदेश सभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम सम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ । यस्तै बैठकले भीम अस्पतालमा सरुवा भएका कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै शिवराज नगरपालिकाको हाटबजार व्यवस्थापनका लागि जग्गा प्राप्तिमा सहजीकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे